Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


वर्षाका कारण विद्युत सेवा अवरूद्ध भएमा तत्काल सुचारू गर्ने प्राधिकरणकाे तयारी


806
Shares

काठमाडौं । शनिबारदेखि असाेज २० गतेसम्म उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ ।

शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण बाढी, पहिरो, चट्याङ, हुरी बतास र डुवान हुन सक्ने सम्भावनालाई मध्यनजर गरी २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैमा प्राधिकरणले हार्दिक अपील गरेको हाे। प्राधिकरणले शनिबार एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण विद्युत सेवा अवरुद्ध हुन गएमा यथाशिघ्र मर्मत सम्भार गरी विद्युत सेवा सुचारु गर्नका लागि प्राधिकरण प्रतिबद्ध रहेको र सोही अनुसार सम्बन्धित कार्यालयका कर्मचारीहरू तयारी अवस्थामा राखिएको जानकारी दिएको हाे ।

साथै प्रतिकूल मौसमले ल्याउन सक्ने सम्भावित जोखिमहरूको आँकलन गरी सुरक्षित स्थानमै रहन, आकस्मिक अवस्थामा बाहेक आवत जावत नगर्न, सावधानीपूर्वक विद्युतीय उपकरणहरूको प्रयोग गर्न, आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न र विद्युत अवरुद्ध भएमा वा विद्युतीय संरचनामा क्षति पुगेमाल तत्काल सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा प्राधिकरणको हटलाइन नम्बर ११५० मा वा स्थानीय नो-लाईट नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।