Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


बागमती र मनोहरा नदीमा बाढीको जोखिम, सतर्कता तह पार


468
Shares

काठमाडाैं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ।

ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३ दशमलव ५ मिटर रहेकोमा जलस्तर ३ दशमलव ५८ मिटर पुगेको हाे। त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४दशमलव ४ मिटर रहेकोमा सो तह पार भएको छ। नख्खु खोलामा पनि जलस्तर बढिरहेको छ।

मौसमविद्हरूका अनुसार, आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने सम्भावना छ । जसले गत वर्षको जस्तै बाढीको जोखिम निम्त्याउन सक्छ। हनुमन्ते खोला, विष्णुमती खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुवानको उच्च जोखिम रहेको हाे।

स्थानीय बासीन्दालाई सतर्क रहन र सम्भावित बाढीबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।