Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


सञ्चार सम्पर्क अवरूद्ध भएमा तत्काल मन्त्रालयमा खबर गर्न सञ्चारमन्त्री खरेलकाे आग्रह


0
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार सम्पर्क अवरुद्ध भए तत्काल मन्त्रालयमा जानकारी गर्न आग्रह गर्नुभएकाे छ।

मन्त्री खरेलले शनिबार जुनसुकै ठाउँमा संचार सम्पर्क अवरुद्ध भए नेपाल टेलिकमको १४९८ र एनसेलको ९००५ आइएसपी ९८०१८७८९४१ र सञ्चार मन्त्रालयको सिधा नम्बर ९८४१५२०११५ नम्बरमा तत्काल खबर गर्न समेत अनुराेध गर्नुभएकाे हाे ।

मन्त्री खरेलले तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टिम तयारी अवस्थामा रहेको पनि बताउनुभएकाे छ ।