
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले प्राकृतिक विपद जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आम-नागरिकहरुलाई अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्ताे अनुराेध गरेकाे हाे । जल तथा मौसम विज्ञान विभागले जारी गरेकाे पूर्वानुमान अनुसार भारी वर्षाको सम्भावना रहेका कारण उत्पन्न हुन सक्ने जोखिमबाट बच्च उच्च सतर्कता अपनाउन अनुरोध गरिएकाे छ । जारी विज्ञप्तिमा विभागले असोज १७ देखि २० गतेसम्म देशका अधिकांश भागमा भारी वर्षाको अनुमान गरिएकाले जलसतह बढ्नेदेखि खोलानालामा पानीको बहाव बढ्ने सक्ने स्थिति तर्फ समेत सबैपक्षको ध्यानाकर्षण गराइएको छ ।
विपद पूर्वतयारी प्रतिकार्य र उद्दारमा संलग्न हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रदेश विपद व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समितिसहित सुरक्षाकर्मीसम्मलाई तयारी अवस्थामा रहन प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभएको छ। विपत्तिको अवस्था सिर्जना भएमा उद्धारदेखि राहत वितरणसम्मको काममा लाग्न समेत सबै पक्षलाई उहाँले आग्रह गर्नुभयाे।

प्रतिक्रिया दिनुहोस्