Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


काठमाडौं उपत्यका सुनसान


273
Shares

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण नागरिकहरु शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।

दशैंको टीकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि बुधबार नवमीमा सडकहरु सुनसान भएका हुन् । दशैं-तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किंदा काठमाडौं सुनसान भएको हो ।

सधैं जसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका छन् । सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् ।

किनमेलका पसलहरु समेत प्रायः बन्द रहेकाे अवस्था रहेकाे देखिन्छ।