Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


साढे ५ लाख बढी मानिसले काठमाडौं उपत्यका छाडे


377
Shares

काठमाडौं। काठमाडौं उपत्यकाबाट बडा-दशैंकाे चहलपहल शुरु भएसँगै साढे ५ लाख बढी मानिसहरु बाहिरिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि मंगलबार बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१ जनाले काठमाडौं उपत्यकाबाट बाहिरिएकाे जनाएकाे हाे। काठमाडौं उपत्यका छाेड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयले जनाएकाे छ।

यात्रुको सहजता, सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय भएकाे प्रहरीले बताएकाे हाे । ट्राफिक प्रहरीहरु २४ सैं घण्टा सडकमा खटिएको छन् । साथै दशैंको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ वटा सवारी साधनबाट २ लाख ८५ हजार ३ सय ८ जना यात्रुहर भित्रिएका छन् ।