
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचकाे जारी युनिटी टी–२० सिरिजको दोस्रो खेल साेमबार हुने भएकाे छ।
साेही खेल यूएईकाे शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा साेमबार राति सवाँ ८ बजेदेखि शुरु हुने भएकाे हाे। यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो । नेपालले साेमबारको खेल पनि जितेर एक खेल अगावै शृंखला जित्ने दाउमा हुने भएकाे छ ।
पहिलो खेलमा नेपालका सबै खेलाडीले आ-आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । साेमबार पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा रहने भएकाे छ । नेपालले वेस्ट इन्डिजसँग मंगलबार अन्तिम खेल खेल्ने भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्