Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


गभर्नर पौडेललाई कसले देलान् डेरा ? (सूचनासहित)


2.8k
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा.विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी शुरु भएको छ।

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै पौडेलका लागि घर भाडामा लिन प्रस्ताव गरेको हो। गभर्नर पौडेलकाे चितवन र ललितपुर भैंसेपाटीस्थित दुई वटा घर जेनजी युवाकाे आन्दोलनका समयमा जलाइएको थियो। राष्ट्र बैंकले ललितपुर बखुन्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित १६ आनादेखि २४ आनासम्म जग्गा भएको र ६ वटा कार र जिप पार्किङ गर्न मिल्ने क्षेत्रसहितको घर भाडामा लिन खोजेको छ।

आरसीसी स्ट्रक्चरसहित १ हजार वर्गफिट पिलिन्थ क्षेत्रफलमा बनेको र करिब एउटा मास्टर बेडरुमसहित ४ बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल तथा स्टोर रुम भएको र सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको घर खोजेको छ। सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्र सडकसँग जोडिएको, बिजुली, ढल निकास र खानेपानी लगायत पूर्वाधार व्यवस्था भएको घर खोजी गरिएको छ ।

राष्ट्र बैंकले यहि असोज २७ गतेसम्म घर भाडा प्रस्ताव पेश गर्न सकिने समेत जनाएको हाे।