Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


एमालेकाे सचिवालय बैठक भाेलि बस्दै

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र आगामी रणनीतिका बारेमा छलफल हुने

858
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाउनुभएकाे छ।

साेही बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी उहाँले बैठक आह्वान गर्नुभएकाे हाे। पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाउनुभएकाे छ । गत भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा एमालेको पार्टी कार्यालयमा आगजनी र तोड्फोड भएको थियो ।

अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि आगजनी भएपछि उहाँ अहिले भक्तपुरको गुण्डुमा बस्दै आउनुभएको छ । सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र आगामी रणनीतिका बारेमा छलफल हुने एमालेले जनाएकाे हाे ।