Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


कुहिएका नेता फालेर युवा नेतृत्व चयन गरौँ : शिक्षामन्त्री पुन


676
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताउनुभएकाे छ ।

सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह गर्नुभएकाे छ ।

उहाँले भन्नुभयाे , ‘कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन ।’ मन्त्री पुनले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएका युवा जन प्रतिनिधिहरू छान्नका लागि कुनै पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावी तयारीमा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएकाे छ ।

उनले थप्नभयाे , ‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भन्ने सपना देख्नुभएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु ।’