
काठमाडौँ । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै झन्डै १६ सय प्रहरीका लागि दरखास्त आह्वान गरेकाे हाे ।
१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो।प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने उल्लेख छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्