Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


दसैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने


195
Shares

काठमाडाैं । अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएकाे छ ।

यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन् ।