
काठमाडौं ।
नवलपुरको कावासोतीमा श्रीमतीकाे हत्या गरे भन्दै श्रीमानले आत्मसमर्पण गरेका छन् ।
कावासोती–८ ज्ञानोदय चोक नजिकै बुधबार राति ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले ४० वर्षीया श्रीमती संगीता पाण्डेको हत्या गरेकाे भन्दै प्रहरीमा आत्मसमर्पण गरेकाे नवलपुर जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
श्रीमतीलाई चक्कु प्रहार गरी उनले प्रहरीकोमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
चक्कु प्रहारबाट घाइते भएकी पाण्डेलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका नेपालले बताए ।
पाण्डेले श्रीमतीको पेटमा चक्कु प्रहार गरेका प्ररीको भनाइ छ । घटनास्थलमा चक्कुसमेत बरामद गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने पाण्डे अहिले प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । श्रीमान र श्रीमतीबिच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरेको स्थानीयलाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्