
काठमाडौं। सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारले मन्त्री एवं सरकारी कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ ।
सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद बैठकबाटै यस्तो निर्णय गरेको हो । अर्थमन्त्री रामेश्वर खनालका अनुसार सरकार प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ ।
सरकारको प्रतिनिधित्व सम्बन्धित निकायबाट हुनसक्ने अवस्था भए सम्बन्धित नियोगलाई नै अख्तियारी दिइने भएकाे हाे ।सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहेने भएका छन् ।
त्यस्तै, अत्यावश्यक बाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन गर्न पनि रोक लगाइएको छ । सञ्चालन गर्नैपर्ने अवस्थामा सरकारी हलहरूमा र सम्भव भएसम्म अनलाइन तालिम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको हाे ।
प्रतिक्रिया दिनुहोस्