
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यलयमा मंगलबारआयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको बताउनुभएको हो । पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उहाँको भनाइ छ ।
उहाँले पूर्वकेन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरु गणेश कार्की र कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरुको आन्दोलनमा सक्रिय भूमिका रहेको बताउनुभयो । तुलनात्मक रुपमा जेनजी आन्दोलनमा सबै भन्दी बढी रास्वपाका कार्यकर्ताहरु सहभागी भएको उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयो,-‘हाम्रो पार्टीमा जेनजी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ । उहाँहरु पनि जानुभएको थियो । केन्द्रीय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो । गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरु, सम्भवतः अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौं । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो । अगुवाई हो भनेर दावी गरेका थिएनौं ।’
प्रवक्ता झाले गत भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागीता रहेता पनि २४ गतेको घटनामा भने सहभागिता नरहेको दावी गर्नुभयो । २४ गतेको घटनामा सहभागिताका लागी पार्टीले कुनै आवह्वान नगरेको उहाँको भनाइ छ । आगजानी. ताेड्फाेड र लुटपाट पार्टीको सिद्धान्त नभएको उहाँले बताउनुभयो ।
साेही घटनाको छानविन गर्नुपर्नेमा प्रवक्ता झाले जोड दिनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्