Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको निधन


1.9k
Shares

काठमाडाैं ।

शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको निधन भएको छ। तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ।

चितवनको मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर नेपाली शास्त्रीय नृत्यमा आफ्नो छुट्टै र विशिष्ट परिचय बनाएकी थिइन्। उनले १२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन्। शारीरिक चुनौतीका बाबजुद पनि नृत्यप्रतिको उनको अदम्य साहस र समर्पणले धेरैलाई प्रेरणा दिएको थियो।

सीता सुवेदीको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

Skip This