Logo ६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025


दसैँमा गाउँ फर्किनेको लर्को, २४ घण्टामा ४३ हजारले छाडे काठमाडौं


0
Shares

काठमाडौं । दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि आज (सोमबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छोडेको बताए ।

“दसैँ सुरु भएसँगै काठमाडौं छोड्नेहरूको संख्या बढेको छ । नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारी साधन र यात्रुको चाप बढेको छ । दसैँ भएकाले यो क्रम बढ्छ