Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


विद्युत वक्यौता उठाउन बोर्ड बैठक बाेलाउने विद्युत प्राधिकरणको तयारी


1.3k
Shares

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले अर्बौं रूपैयाँ बाँकी विद्युत वक्यौता उठाउन बोर्ड बैठक बाेलाउने तयारी भएको छ ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत वक्यौता उठाउने सम्बन्धि पहिलो निर्णय गर्नुभएको थियो । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक बाेलाउने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो । उहाँका अनुसार सोमबार र मंगलबार नै बैठक बसेर बिजुली वक्यौता उठाउन चाल्ने कदमकाे बारेमा निर्णय लिइने भएकाे छ ।

सोही अनुसार कार्यान्वयनमा लगिने भएकाे छ । कार्यकारी निर्देशकले शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने समेत बताउनुभएको हाे। उहाँले भन्नुभयो,–‘वक्यौतासम्बन्धि जुन मन्त्रीज्युको निर्णय छ । यसलाई हामीले कार्यानवयन गर्छौं । विद्युत प्राधिकरणको मन्त्रिज्यु नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ वक्यौता उठाउन लाग्छौं । वक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्रीज्यु नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ ।’

बोर्ड बैठकबाट निर्णय भएपछि वक्यौता उठाउन कुनै समस्या नभएको समेत उहाँले बताउनुभयो । कुलनमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटक-पटक विद्युत वक्यौता उठाउन भनेर वक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आउनुभएको थियो । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिएका थिए ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने जनाएकाे हाे । उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग दिइएको थियो ।

तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् ।