
काठमाडौं । चितवनकाे नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला पुलमा खसेको पहिरो हटाउन शुरु गरिएको छ ।
ढुंगा खस्ने क्रम नरोकिएता पनि पहिरो हटाउने कार्य भने शुरु गरिएको सडक डिभिजन भरतपुरले जनाएकाे हाे । शुक्रबार साँझ करिब साढे ६ बजेदेखि मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियो । शनिबार बिहान पुन: पहिरो खसेपछि सडक सुचारु गर्न झनै कठिनाइ भएको छ ।
ढुंगा खस्ने क्रम नरोकिएकाले पहिरो हटाउनको लागि समस्या भएको र हाल ३ वटा लोडर र एउटा स्काभेक्टर परिचालन गरि दुवै तर्फबाट पहिरो हटाउने कार्य सुचारू भइरहेको जनाइएकाे छ।
साथै मुग्लिन तर्फबाट अर्को एउटा स्काभेक्टर पनि साइटतर्फ जाँदै गरेको सडक डिभिजनले जनाएकाे हाे । थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा करिब ४ घण्टामा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने सम्भावना रहेको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्