Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


संविधानलाई ट्याकमा फर्काउनका लागि निर्वाचनको विकल्प छैन: नेता कोइराला


585
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्याकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताउनुभएकाे छ।

विराटनगरमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानलाई धेरै नचलाई निकास खोजेको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘यस्तो समयम सबै कुरा संविधान सम्वत हुँदैन। असंवैधानिक भएपनि भएको संविधानलाई धेरै नचलाई निर्वाचनको घोषणा गरिएको छ। हामीले निर्वाचन हुन्छ भन्ने विश्वास लिनुपर्छ। आगामी फागुन २१ गतेभित्र निर्वाचन गर्नको लागि सरकारलाई भन्नुपर्छ।’

सरकारले संविधानलाई टेकेर नै ६ महिनाभित्र निर्वाचनको घोषणा गरेको उहाँकाे भनाइ छ । त्यस्तै, उहाँले पार्टी पुनर्गठनकाे बारेमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने समेत बताउनुभयाे । कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विशेष या नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राख्नुभएकाे थियाे ।

तर नेता काेइरालाले केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्न सक्ने अवस्था नभएकाे बताउनुभएकाे छ। कसले के भन्यो भन्ने कुरामा भन्दा पनि कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हुनुपर्नेमा उहाँकाे जाेड थियाे ।