Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


तत्कालीन ओली नेतृत्व सरकारको हठका कारण मुलुक राजनीतिक शून्यता पुगेकाे माओवादी केन्द्रकाे आराेप


403
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्यता बढेकोमा सरकारको नेतृत्वमा रहनेहरु परिवारवादमा लिप्त हुँदा युवाहरु आन्दोलित भएको उहाँको भनाइ छ ।

संवैधानिक आयोग तथा राज्यका निकायहरुमा प्रतिष्पर्धा र क्षमताका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ति गर्ने प्रवृत्तिका कारण जनतामा व्याप्त आक्रोश रहेको उहाँले बताउनुभयो । साथै जेनजी पुस्ताको आन्दोलनमा व्यवस्था विरोधी र वैदेशिक शक्तिहरुले घुसपैठ गरेको समेत उहाँले आशंका गर्नुभएकाे छ।

नेता पाेखरेलले मुलुक राजनीतिक शून्यतामा रहेको उल्लेख गर्दै पार्टी संगठनलाई बलियो बनाएर जनतामा जान पार्टी दृढ रहेको समेत बताउनुभयो ।