Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


धनुषाबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाजा बरामद


468
Shares

काठमाडाैं । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाजा बरामद गरेको छ ।

विदेह नगरपालिका-३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाजा सशस्त्र प्रहरीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले शुक्रबार सोही गाजा बरामद गरेको थियाे।

बरामद गरिएको गाजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अशोक बमले बताउनुभएकाे छ ।