
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर निस्किनुभएकाे छ ।
जेनजी युवाकाे आन्दाेलनका क्रममा उहाँलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ गतेदेखि सैनिक ब्यारेकमा बस्दै आउनुभएका ओली बिहीबार बाहिर निस्कनुभएकाे छ । सुरक्षा स्रोतले निवर्तमान प्रधानमन्त्री ओली भक्तपुरको गुण्डु सरेकाे जनाएकाे हाे ।
गुण्डुमा उहाँका निम्ति भाडाको घर लिइएको जनाइएकाे छ । बालकोटस्थित ओलीको घर भने आन्दाेलनकारीले जलाएका थिए। बालकोटको घर जलेका कारण ओली गुण्डु सर्नुभएकाे हाे। उहाँलाई गुण्डुमा लाने पहल एमाले पोलिब्यूरो सदस्य महेश बस्नेतले गर्नुभएकाे बुझिएकाे छ ।
नेता बस्नेतले केही दिन अघि मात्रै निवर्तमान प्रधानमन्त्री ओलीलाई भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने सार्वजनिक रुपमा अभिव्यक्ति नै दिनुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्