Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


संसद विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि (भिडियाेसहित)


1.5k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।

संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको बिहीबार अवलोकन गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले यस्तो असन्तुष्टि जनाउनुभएकाे हाे । प्रतिनिधि सभा विघटन नगरी त्यसैबाट समाधान खोज्दा राम्रो हुनेमा त्यस्तो हुन नसकेको उहाँको भनाइ छ ।

जेनजी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आन्दोलनका क्रमममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको बताउदै उहाँले सबैले एक-आपसमा मिलेर मुलुकलाई ठिक ढंगले अगाडि बढ्नुपर्नेमा सभामुख घिमिरेकाे जाेड छ ।


उहाँले भन्नुभयो,-‘यो आन्दोलन के हो ? गर्न खोजेको के हो ? सबै कुराहरु राम्रैगरी अध्ययन गर्नुपर्छ । हामीले जे व्यहोरिरहेका छौं त्यो ज्यादै दुःखद कुरा हो । यसबाट उठेर ठिक ढंगले अगाडि जानुपर्ने हामी सबैको दायित्व छ । यो बेलामा सबै लागौं । यी सबै दुर्घटनाहरु नहुनुपथ्र्यो । मुलुकमा व्याप्त समस्याहरुलाई अलिक राम्रो ढंगले समाधान गर्न बाटाहरु खोज्न सकिन्थ्यो होला । त्यो हुन सकेन । प्रतिनिधि सभा विघटन नगरिकन यसैबाट समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’

सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि व्यक्त गर्नुभयो ।