
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताउनुभएकाे छ ।
सभामुख घिमिरेले बिहीबार जेनजी आन्दोलनका क्रममा जलेको संसद भवन अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दु:खद कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’
अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको र अब यसलाई समाधान गर्ने गरी जान सक्नुपर्नेमा उहाँकाे जाेड थियाे । सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताउनुभएकाे छ ।
जसको समीक्षा गर्ने र देशलाई उठाउन लागि आमजनता एक जुट भएर लाग्नुपर्ने उहाँकाे भनाइ थियाे ।












प्रतिक्रिया दिनुहोस्