Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


वाणिज्य बैंकले गरे असोजका लागि नयाँ व्याजदर निर्धारण


1.5k
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् ।

बैंकहरुले जारी गरेको विवरण अनुसार गत भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको हाे । भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५ दशमलव ५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले असोजमा औसतमा ५दशमलव ४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको शुरुदेखि नै व्याजदर घटाउने क्रममा निन्तरता दिएका हुन् ।

असोजका लागि ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले भदौ महिनाकै व्याजदरलाई यथावत राखेका छन् । दुई वटा बैंकहरुले भने व्याजदर बढाएका छन् । असोज महिनाको लागि लक्ष्मी सनराईज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्याजदर बढाएका हुन् । लक्ष्मी सनराईजले ५ दशमलव २५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ दशमलव १८ प्रतिशत व्याजदर कायम गरेको छ ।

५ वटा बैंकले सबै भन्दा बढी ६ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् । एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोवल आईएमई, एनएमबी र हिमालयन बैंकले ६ प्रतिशत व्याजदर दिन लागेका हुन् । जस मध्ये एनआईसी एशियाले ६ दशमलव २५ प्रतिशतबाट घटाएर ६ प्रतिशत व्याजदर कायम गरेको हो भने अन्य बैंकहरुको भदौ महिनाकै यथावत हो । प्राईम कमर्सियल बैंकले ६ प्रतिशतबाट घटाएर ५ दशमलव ५ प्रतिशत कायम गरेको छ ।

सिद्धार्थ, राष्ट्रिय वाणिज्य र नविल बैंकले पनि समान ५ दशमलव ५ प्रतिशत व्याजदर कायम गरेको छन् । यी बैंकहरुले भदौकै व्याजदरलाई निरन्तरता दिएका हुन् । प्रभु बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैकले पनि भदौ महिनाकै व्याजदर यथावत राखेका छन् । भदौमा प्रभुले ५ दशमलव ३५ र नेपाल ईन्भेष्टमेण्ट मेगाले ५ दशमलव २५ प्रतिशत व्याजदर कायम गरेका छन् ।
सानीमा, एभरेष्ट, सिटिजन, नेपाल बैंक, लक्ष्मी सनराईज बैंकले समान ५ दशमलव २५ प्रतिशत व्याजदर तोकेका छन् ।

त्यसैगरी नेपाल एसवीआईले ५ दशमलव १८, कृषि विकास बैंकले ५ दशमलव ०५ र कुमारी बैंकले ५ दशमलव ०१ प्रतिशत व्याजदर असोज महिनाको लागि तोकेका छन् । भदौमा सानिमा र एभरेष्टको समान ५ दशमलव ७५, सिटिजनको ५ दशमलव ५, नेपाल बैकको ५ दशमलव ४, लक्ष्मी सनराईज बैंकको ५, नेपाल एसवीआईको ५ दशमलव २५, कृषि विकास बैकको ५ दशमलव २ र कुमारी बैंकको ५ दशमलव २१ प्रतिशत व्याजदर तोकेकाे जनाएका हुन् ।