Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


जेनजी आन्दोलनका क्रममा घाइतेका लागि रक्तदान कार्यक्रमको आयोजना


182
Shares

काठमाडौं । जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

यहि भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा घाइतेहरुलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष होमराज श्रेष्ठले बताउनुभयो । उहाँले बुधबार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिने बताउनुभएको छ । उपचाररत युवाहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गरी सहयोग गरिदिन सबैलाई उहाँले आग्रह समेत गर्नुभयो ।

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । सयौं युवाहरु उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।