
काठमाडौं । बुटवलमा रहेकाे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासीन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले बुधबार बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७ः५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासीन्दालाई शतर्क रहन आग्रह गरेको हो । तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासीन्दालाई शतर्क रहन आग्रह गरेको छ ।
पाल्पा र रूपन्देही लगायत आसपासका क्षेत्रमा विगत केही दिन यता वर्षा भइरहेको छ भने मंगलबार रातिदेखि निरन्तर वर्षा जारी रहेकाे विभागले जानाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्