Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


बागमतीका सभामुख पाठकद्वारा राजीनामा


2k
Shares

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएकाे छ । गत भदौ २३ गते जेनजी प्रदर्शनमा ‘राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेको’ घटनापछि आफू भावविव्हल भएको पाठकले बताउनुभयाे ।

जनताको चाहना र युवापुस्ताको भावना विपरीत पदमा रहनु अनुचित ठानेर भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरे पनि प्राविधिक कारणले तत्काल कानुनी प्रक्रिया पूरा गर्न नसकेको उनले राजीनामा पत्रमा उल्लेख गर्नुभएकाे छ।

संविधान र प्रदेशसभा नियमावली, २०७४ अनुसार आज औपचारिक रूपमा सभामुख पदबाट राजीनामा दिएको उनले बताएका छन्। राजीनामासँगै पाठकले बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई अवगत गराइएको जानकारी दिएका छन्।