
काठमाडौं । सरकारले कर तिर्ने समय १ महिना थप गरेको छ ।
कानूनअनुसार यहि भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि १ महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागले जनाएकाे हाे । कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको र छिट्टै राजपत्रमा सूचना प्रकाशित हुने भएकाे छ । मूल्य अभिवृद्धि कर अन्तःशुल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । यस पटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको विभागले जनाएकाे हाे ।
जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमबाट उद्योगी व्यवसायीहरूले तोकिएको समयमा कर तिर्न नपाएको भन्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई आग्रह गरेका थिए । मंगलबार दिउँसो निजी क्षेत्रसँगको भेटका क्रममा अर्थमन्त्री खनालले कर तिर्ने समय १ महिना थप गर्ने आश्वासन दिनुभएकाे हाे ।
त्यस्तै, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गरिने पनि अर्थमन्त्री खनालले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्