
काठमाडौं । सरकारले जेनजी युवाहरुको आन्दाेलनका क्रममा मृत्यु भएका व्यक्तिहरुकाे सम्मान स्वरूप बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
गृह मन्त्रालयले मंगलबार यहि भदौ २३ र २४ गते जेनजीको आन्दाेलनका क्रममा मृत्यु भएका व्यक्तिहरुकाे सम्मान स्वरूप सार्वजनिक बिदा दिएको जनाएकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो ।
बुधबार नेपालभरिका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेकाे मन्त्रालयले जारी गरेकाे सूचनामा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्