
काठमाडाैं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल भ्रमणमा आइपुग्नुभएको छ । तर, रुबियो इजरायल आइपुग्नुअघि नै इजरायलले गाजामा भीष्मण बमबारी गरेको छ ।
गाजा सहरका करिब ३० भन्दा बढी अग्ला भवनहरूमा गरिएको बमबारीबाट गाजामा ३२ जनाको मृत्यु भएको छ । शिफा अस्पतालका अनुसार मृतकहरूमा १२ जना बालबालिका रहेका छन् । यो आक्रमण भएको केही घण्टाभित्रै आइडीएफले गाजा सहरका सवै टावरहरू खाली गर्न आदेश जारी गरेको छ ।
इजरायलले पहिले नै लाखौँ प्यालेस्टिनीहरूले शरण लिएको गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरिसकेको छ । यही उद्देश्यका लागि अग्ला भवनहरू ध्वस्त पारिएको र हमासले त्यहाँ निगरानी उपकरण राखेको आरोप लगाएको बताइएको छ । इजरायलले अग्ला भवनहरुलाई हमासको अन्तिम किल्ला भन्ने गरेको छ । साढे दुई लाखभन्दा बढी गाजावासीले पछिल्ला दिनहरुमा सहर छोडेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्