Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


आगामी असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय

शहीदका परिवारलाई १५ लाख रूपैयाँ क्षतिपूर्ति र राहत दिने

1.9k
Shares

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा साेमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेको हो । सबै शहीदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ ।

सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको हाे ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रीपरिषद बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।