Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषदको बैठक जारी


4.5k
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

सिंहदबारमा हाल मन्त्रिपरिषदको बैठक जारी रहेको हो । जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। कार्की नेतृत्वको सरकारमा ३ जना मन्त्रीले सोमबार शपथ लिएर पदभार ग्रहण गरेका थिए।

कार्की नेतृत्वको सरकारमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री रहेका छन्। अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।