Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


कांग्रेसकाे ६ बुँदे वक्तव्य: ‘प्रतिनिधि सभा विघटन पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक’ (वक्तव्यसहित)

देउवा दम्पतिमाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण भर्त्सना योग्य

3.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताउनुभएकाे छ ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गर्दै संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएकाे बताउनुभएकाे हाे । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको उहाँकाे भनाइ छ ।

उपसभापति खड्काले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत भएको पार्टीको धारणामा उल्लेख गर्नुभयाे । लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत जारी वक्तव्यमा उल्लेख गरिएकाे छ । यसअघि गत शुक्रबार कार्यसम्पादन समिति बैठक बसेर कांग्रेसले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको थियो ।

उपसभापति खड्काले लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य भएकाे बताउनुभयाे ।

उपसभापति खड्काले दुवै जना उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएकाे छ ।