
काठमाडाैं । सरकारले जेनजी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेको छ ।
नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्ताे घोषणा गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिनुभयो ।
२३ र २४ भदौमा भएको जेन–जी युवाको आन्दोलनका क्रममा ५१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री कार्कीले आइतबार बिहान साढे ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पद्भार ग्रहण गुर्नभएको थियाे ।
प्रतिक्रिया दिनुहोस्