Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


जेनजीकाे आन्दोलनमा भएका सबै आक्रमण सुनियोजित षडयन्त्र देखियो: प्रधानमन्त्री कार्की


1.326k
Shares

रमेश धमला

काठमाडाैं । यहि भदाै २३ र २४ गते जेनजी युवाहरुले गरेकाे आन्दोलनका क्रममा हालसम्म ७२ जनाको ज्यान गएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने क्रममा मुख्य सचिव एक नारायण अर्यालले ब्रिफिङ गर्दै घाइते र मृतकहरुका बारेमा जानकारी दिनुभएको हो । प्रदर्शकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने , कैदीवन्दी १० जना र सुरक्षाकर्मी तर्फ ३ जनाको मृत्यु भएको प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको छ ।

त्यस्तै, मुख्य सचिव अर्यालले अदालतदेखि सिंहदरवार र सरकारी भवनहरु ठूलो क्षति पुगेकाले जोगिएका स्थानहरुबाट काम गर्नु पर्ने अवस्था देखिएको पनि प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभएको हो । त्यस्तै, पदभार ग्रहण लगतै पहिलो निर्णय मार्फत आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीत घोषणा गर्ने , मृतकको परिवारलाई १० राहत दिने भएको छ । घाइते १ सय ९१ जनाको सरकारले नि:शुल्क उपचार गर्ने पनि प्रधानमन्त्रीको पहिलो निर्णय भएको हो ।

प्रधानमन्त्री काकीर्लले सरकारी पदाधिकारीबाट जानकारी लिए लगतै २७ घण्टामा विश्वमै नभएको घटना भएको बताउनुभयो । उहाँले सिंहदरवार , सर्वोच्च अदालत जिल्ला अदालत तथा उच्च अदालतहरुमा , सुरक्षा निकायहरुको भवन र कार्यालयहरु विभत्स रुपमा आक्रमण भएको उहाँले बताउनुभयो । आगोले ध्वस्त भएका कार्यालयको भौतिक संरचना पूर्ननिर्माण हुने भए पनि त्यहाँका कागजात र प्रमाणहरु नष्ट हुने गरी नियोजित आक्रमण भएको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

जुन हिसाबले आक्रमण भएको त्यो सुनियोजित र षड्यन्त्र भएको मेरो बुझाइ छ प्रधानमन्त्री कार्कीले भन्नु भयो । त्यसरी आक्रमण गर्नेहरु माथि कारवाही गर्न निर्देशन दिनुभयो । अत्यावश्यक सबै संयन्त्रमा षड्यन्त्र पूर्वक आक्रमण गर्नेहरुलाई कारवाही गर्न बाट रोकिन नपर्ने प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो । सबै संयन्त्रमा आक्रमण गरेर अपराधीले चुनौती दिएकाले कारवाही गर्न नछोडने उहाँ स्पष्ट निर्देशन छ ।

त्यस्तै, आफू कुनै पदको स्वाद लिन नआएको पनि उहाँको भनाइ । सबैले सुशीला आउनु प¥यो भने पछि आफू जिम्मेवारी सम्हाल्न तयार भएको प्रष्ट पार्नु भयो । ६ महिना भन्दा बढी पदमा नबस्ने , निर्वाचन गराएर आउने नयाँ संसद र मन्त्रीलाई जिम्मेवारी सुम्पिने आफनो दायित्व भएको उहाँको भनाइ छ ।

निर्वाचन गराएर नयाँ संसदलाई जिम्मेवारी दिन कर्मचारी र सुरक्षा निकायको साथ विना सम्भव नहुने भएकाले सहयोगका लागि अनुरोध गर्नु भयो । आगोले ध्वस्त भएको भवन निर्माणका लागि ठुलो आर्थिक सहयोग चाहिने र निजि क्षेत्रलाई उठाउनु पर्ने प्रधानमन्त्रले प्रतिवद्धता व्यक्त गर्नु भयो । निजि क्षेत्रलाई जे गरे पनि गर भनेर छोडन नुहुने प्रधानमन्त्रीले बताउनुभयो ।

२३ गते आन्दोलनका क्रममा मृत्यु भएकाहरु पनि आफ्नै छोरा-छोरी भएकाले उनीहरुको परिवारका बारेमा पनि ध्यान दिनुपर्ने प्रधानमन्त्री कार्कीकाे आश्वासन छ ।