Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


पूर्वप्रधानन्यायाधीश कार्की र जेनजी युवासहितको टोली राष्ट्रपति कार्यालयमा


0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवासमा पुगेको स्रोतले जनाएकाे हाे । पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद विघटनका विषयमा सहमति जुट्न भने अझै सकेको छैन । दुवै पक्ष आ-आफ्नो अडान यथावत रहेका कारण ढिलाई भइरेकाे हाे ।

संसद विघटनका विषयमा सहमति जुटाउनका लागि पूर्वप्रधानन्यायाधीश कार्कीसहितकाे टाेली राष्ट्रपति निवासमा गएकाे छ ।