
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् ।
उनिहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पाैडेलले पहल गरिरहेको बताएका हुन् । उनीहरुले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने समेत बताएका हुन् ।
यहि भदाै २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ । संसदका सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार एक विज्ञप्ति जारी गर्दे आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्