
काठमाडौं । नयाँ प्रधानमन्त्रीलाई सिंहदरबारभित्र रहेकाे गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा राख्ने तयारी गरिएको छ ।
मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा साेही विकल्पकाे बारेमा कुरा भएको एक सचिवले जानकारी दिए । मंगलबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो ।
सोही क्रममा यहाँ सबै जसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको र सवारी साधनमा व्यापक क्षति पुर्याइएको साेही टाेलीले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्