Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


संविधानसम्मत रूपमा नयाँ सरकार गठन गर्न त्रिविका प्राध्यापक संघ-संगठनको आग्रह


962
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संघ-संगठनले संविधानसम्मत निकास निकाल्न आग्रह गरेका छन्।

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र समाजवादी प्राध्यापक संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधान अनुसार नयाँ सरकार गठन गर्न अपिल गरेका हुन् । संसद विघटनका कुनै पनि प्रयास अस्वीकार्य रहेकाे समेत उनीहरुले बताएका छन् । वर्तमान परिस्थितिको समाधान संविधानबाटै खोजिनुपर्छ भन्ने अटल धारणा रहेकाे उनीहरुकाे तर्क थियाे ।

संविधान भित्रबाट नै सरकार शून्यको अवस्था अन्त्य गर्न सबै पक्षबाट जोडदार माग भइरहेका सन्दर्भमा संविधानबमोजिम सरकार गठन गरी मुलुकलाई दिशा प्रदान गर्न हार्दिक अपिल गर्दछौँ जारि संयुक्त विज्ञप्तिमा छभनिएकाे छ। यहि भदौ २४ ग सार्वजनिक तथा निजी सम्पत्ति नोक्सानी गर्ने कार्यमा संलग्न भएकाहरूमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न स्वतन्त्र र शक्तिशाली न्यायिक आयोग गठन गर्न पनि उनीहरूले माग गरेका हुन् ।

जेनजी युवाहरूले उठाएका सुशासन, पारदर्शीता र भ्रष्टाचार अन्त्य गर्ने मागलाई सम्बोधन गर्दै संसद मार्फत नयाँ सरकार गठन गरी चुनावको वातावरण तयार पार्न उनीहरूले आग्रह समेत गरेका छन् ।