Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


राष्ट्रपति सार्वजनिक गर्न र संविधान रक्षाकाे माग गर्दै राजनीतिक दलका कार्यकर्ता पनि सडकमा उत्रिए


0
Shares

काठमाडौं । राजनीतिक दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् ।

गत सोमबार र मंगलबारको जेनजी युवाकाे उथलपुथलपछि बिहीबारदेखि नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेको हो । राजनीतिक दलका शीर्ष नेता सार्वजनिक नभए पनि कार्यकर्ताले संविधानको रक्षाका लागि सडकमा प्रदर्शन गर्न थालेका छन् ।

उनीहरुले राष्ट्रपति रामचन्द्र पाैडेललाई सार्वजनिक गर, जेनजी युवाकाे माग पूरा गर, नागरिकको सर्वोच्चता कायम गर र गणतन्त्र मास्न पाइँदैन सहितका प्ले कार्ड बाेकेर सडकमा प्रदर्शन गरेका हुन् ।

यता जेनजी युवाहरुकाेबीचमा पनि अन्तरिम सरकार चयनकाे विषयलाई लिएर सैनिक मुख्यालयमा वार्ता गर्नका लागि गएका युवाहरुकाेबीचमै विवाद भएकाे हाे । साेही मुख्यालयकाे सडकमाै उनीहरुबीच झडप समेत भएकाे छ ।