Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


वाणिज्य बैंक आज दिउँसो २ बजेसम्म खुल्ने


0
Shares

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएकाे छ ।

भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो दुई बजेसम्म सीमित स्थानबाट सेवा दिने भएको हो।

बैंकहरूलाई काठमाडौंमा तीन वटा, भक्तपूर र ललितपूरमा दुईरदुई वटा शाखा खोल्न नेपाल बैंकर्स एशोसिएशनले परिपत्र गरेको छ।

राष्ट्र बैंकले पनि बैंकहरूलाई अत्यावश्यक सेवा खुला गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्ना सीमित संवेदनशील प्रणाली सञ्चालन गरि अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुचारु गर्न भनेको हो। एटिएम सेवा भने निरन्तर खुला हुने बैंकहरूले उल्लेख गरेका छन्।