Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


देशैभरीबाट साढे १३ हजार कैदी फरार, साढे ५ सय बढी थुनुवा पनि फरार


0
Shares

काठमाडौं । देशैभरीका कारागारहरूबाट हालसम्म साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले देशैभरीका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ जना कैदीबन्दी फरार भएका हुन् । त्यसैगरी हिरासतमा रहेका ५ सय ६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५ सय ६० थुनुवा फरार भएका हुन् ।

जेजनी युवाहरुले गरेको प्रदर्शनका क्रममा मंगलबार देशैभरी तोड्फोज र आगजनी गरेपछि कैदीबन्दी फरार भएकाे कारागार प्रशासनले जनाएकाे छ ।