
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासनले मोरङमा बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभरी कर्फ्यू आदेश जारी भएको जानकारी गराउनुभयो ।
अत्यावश्यक बाहेकका सवारी साधन आवतजावत, सभा, जुलुस र भेला जस्ता कार्य गर्न नपाउने जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्