Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


मोरङ कारागारका कैदी भाग्न खोजेपछि १५ राउन्ड हवाई फायर


0
Shares

काठमाडाैं । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ ।

कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि बुधबार प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो ।

हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य बनेकाे हाे । मोरङ कारागारमा १ हजार १ सय बढी कैदीबन्दी रहेकाे प्रशासनले जनाएकाे छ ।