Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


गंगा दाहालको घरमा जलेको अवस्थामा पुरूषकाे शव फेला, पहिचान हुन बाँकी


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको घरमा एक जना पुरुषकाे शव फेला परेको छ ।

जनजी प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका-२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थिए । जिल्ला प्रहरी कार्यालय ललितपुरले जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको जनाएकाे छ ।

जेनजी युवाकाे साेमबारदेखि शुरु भएकाे प्रदर्शनले मंगलबार देशकाे शासन सत्ता समेत कब्जा गरेकाे हाे ।