 
	    काठमाडौं । प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेकाे संघीय संसद भवन मंगलबार ध्वस्त भएपछि बुधबार दिउँसाे १ बजे बस्ने गरी बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएकाे संसद सचिवालयले जनाएकाे हाे । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले एक सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गरेको जानकारी गराउनुभयाे ।
यस अघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्