Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


लुटपाटसहितका कार्य रोक्न नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित (विज्ञप्तिसहित)


1.495k
Shares

काठमाडौं । जेनजी युवाकाे प्रदर्शनकाे मंगलबार मंगलबार दिनभरीको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट र आगजनीसहितका कार्य रोक्न आग्रह गरेको छ ।

सेनाले एक प्रेस विज्ञप्ति जारी गर्दै साेही कार्य नरोकिए मंगलबार राति १० बजेदेखि सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने जनाएकाे हाे । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने काम’ गरेको भनिएको छ ।

साेही समस्यालाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको हाे । तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने समेत जारी विज्ञप्तिमा भनिएको छ ।