
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने सुझाव दिनुभएकाे छ ।
ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले मंगलबार साँझ जारी गरेकाे प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजाको भनाइलाई उधृत गर्दै पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा रहेकाे जनाएकाे हाे ।
आन्दोलनमा विदेशी घुसपैठ नहोस् भन्ने समेत पूर्वराजा शाहको चाहना रहेको जारी विज्ञव्तिमा उल्लेख गरिएकाे छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखेर देशभित्रबाट समस्याको समाधान निकालियोस् विज्ञप्तिमा भनिएकाे हाे ।
जेनजी युवाहरु देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर-किशोरी र युवा-युवतीहरु रहेको बताउँदै उहाँले काठमाडौं लगायत देशका अधिकांश प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत आक्रोश पोखेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्